नियम ९७
सरकारी काममा थाहा पाएका कुराहरू प्रकाश गर्नमा प्रतिवन्ध
प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अथवा विशेष रूपबाट अख्तियार नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी अथवा गैरसरकारी साधनहरूबाट प्राप्त गरेको वा आफूले लेखेको अथवा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई जानकारी दिन हुँदैन । यो प्रतिबन्ध जुनसुकै कारणले प्रहरी सेवाबाट अलग रहेको व्यक्तिको हकमा समेत लागू हुनेछ ।